सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ६०० रुपैयाँ सस्तियो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ६०० रुपैयाँ सस्तियो

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको हो।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य थियो। तर बिहीबार सो मूल्य घटेर तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ४२० रुपैयाँ रहेको चाँदी बिहीबार घटेर तोलामा २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।