अन्तरिम सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिन विप्लवको माग
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई अग्रगामी निकासतर्फ लैजान सर्वपक्षीय अन्तरिम सरकार आवश्यक भएको बताएका छन्।
बिहीबार सुरु भएको केन्द्रीय समितिको बैठकमा उनले भने, “देशको संविधान अपूर्ण छ र जनताको अधिकार अधुरा छन्, त्यसैले वर्तमान सरकारलाई छलफलमा ल्याएर निकास दिनुपर्छ।” विप्लवले समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने, अग्राधिकारसहितको संघीय संरचना निर्माण गर्नुपर्ने र राज्यका सबै अंगमा जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्नेमा जोड दिएका छन्।
उनले अन्तरिम सरकार नेकपा (माओवादी) लाई दिइए पनि सबै शक्तिलाई सहभागी गराएर जनता र आन्दोलनकारीको चित्त बुझ्दो निकास दिने दाबी गरेका छन्। उनी राजनीतिक समस्याहरूको समाधान गरी देशलाई निर्वाचनतर्फ लैजानुपर्नेमा जोड दिँदै राष्ट्रपति र प्रधानमन्त्रीलाई १३ सूत्रीय मागपत्र पेश गरेको जानकारी दिएका छन्।
विप्लवले १० दिनभित्र छलफल नभए नेपाली जनताको समर्थनमा परिवर्तनकारी आन्दोलन अघि बढाउने बताए ।












