एमाले चुनावको लागि तयार, सरकारले वातावरण बनाउनु जरुरी छ: केपी शर्मा ओली

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमाले चुनावको लागि तयार, सरकारले वातावरण बनाउनु जरुरी छ: केपी शर्मा ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको लागि अनुकूल वातावरण तयार गरेमा आफ्नो पार्टी चुनावमा सहभागी हुन तयार रहेको बताएका छन्। पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले  भने, “हामी चुनावमा जानेछौँ र बहुमत ल्याउनेछौँ। हाम्रो चाहना स्वतन्त्र र धाँधलीरहित चुनाव हो।”

ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको संयुक्त बैठकको विषयमा पनि प्रकाश पारे। उनले भने, “हामी चुनाव विरोधी होइनौँ। प्रतिगमन हुन हुँदैन। प्रतिनिधिसभा पुनर्स्थापना छिटो हुनुपर्छ। अदालत जे फैसला गर्छ, त्यहीअनुसार हुनेछ। तर वर्तमानमा निर्वाचनको वातावरण तयार छैन, नेताहरूलाई सुरक्षित रूपमा जान दिइएको छैन।”

उनले सकारात्मक वातावरण बिना चुनाव असम्भव भएको उल्लेख गर्दै सरकारसँग निर्वाचनको वातावरण बनाउने पहल गर्न जोड दिएका छन्। साथै ओलीले जेनजीका नाममा त्रास खडा गरेर छट्टु टाठाबाठाले खाने गरेको आरोप समेत लगाए ।

“त्रास खडा गर्ने वातावरण बनेको छ । जेनजीका नाउँमा बच्चाबच्चीलाई त्रास देखाएजस्तो जेनजी आउँछ, लौ जेनजीले यस्तो, उस्तो गर्छ भनेर कुनै आकार प्रकार नभएका हाम्रा नवयुवाको नाम बेचेर जेनजीका नाममा केही छुट्टु टाठाबाठाले खाने गरेका छन्,” ओलीले भने ।