रवि लामिछाने र बालेन शाहबीच कुपन्डोलमा भेटवार्ता, सुदनले लगाए गेटमा ताला
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच आज कुपन्डोलमा भेटवार्ता भइरहेको छ।
भेट कुमार ब्यजनकारको निवासमा भएको छ भने लामिछानेसँग पार्टीका पूर्व सांसद असिम शाह पनि उपस्थित छन्। यसअघि हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङ बालेनसँग भेट गर्न पुगेका थिए र उनले भेट सुरक्षित तरिकाले हुन ग्यारेन्टी गरेका छन्।
बैठकमा लामिछाने, बालेन र उर्जा मन्त्री कुलमान घिसिङबीच थप वार्ता हुने बताइएको छ। केही दिनअघि कमलपोखरीमा भएको ६ घण्टे भेटवार्तामा लामिछानेतर्फबाट ठोस प्रस्ताव नआएपछि बालेनले अन्य नेतासँग छलफल अघि बढाएका थिए।
बालेनले देश विकास पार्टीको लौरो चिन्हमार्फत राजनीति अघि बढाउने तयारी गरिरहेका छन्, तर संसदीय दलको नेता र आगामी प्रधानमन्त्रीको सम्भावना सुनिश्चित गर्न रविसँगको वार्ता टुङ्गो पार्ने चाहना राखेका छन्। आजको बैठकले मिलेर अघि जाने वा छुट्टाछुटै जाने राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण संकेत दिनेछ।
यसैविच जेनजी अभियन्ता सुदन गुरुङले आफू सहमतिका लागि दबाब दिन आएको र छलफलस्थलमा घरको गेटमा ताला लगाइएको बताएका छन्। सुदनले सामाजिक सञ्जालमार्फत जारी भिडियोमा भनेका छन्, “सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं। जबसम्म दुई जना मिल्दैनन् तबसम्म गेट खुल्ने छैन।”
उनले थपे, “यहाँ गार्ड छौँ। यहाँबाट कोही भित्र प्रवेश गर्न सक्दैन र कोही बाहिर जान सक्दैन। कुरा नमिलेसम्म यत्तिकै हो।”












