बालेन र रविको छलफलमा अमरेशकुमार सिंह पनि पुगे
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच जारी वार्ता भै रहेकाबेला विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह वार्ता स्थलमा उपस्थित भएका छन् ।
उक्त वार्तास्थल बाहिर “हामी नेपाल” संस्थाका संयोजक सुधन गुरुङ पनि छन् । गुरुङले दुई नेताबीच सम्झौता नभएसम्म वार्तास्थल बाहिर निस्कन नदिने घोषणा गर्दै प्रवेशद्वारमा ताला लगाएका थिए र चाबी आफैं सम्हालेका थिए।
वार्ताको उद्देश्य र आगामी कदमबारे नेताहरूले अहिलेसम्म सार्वजनिक रुपमा जानकारी दिएका छैनन्। तर, राजनीतिक हलचल र प्रत्यक्ष हस्तक्षेपले नागरिक तथा पार्टी कार्यकर्ताबीच चासो र छलफलको विषय बनेको छ।













