रवि लामिछाने र बालेन शाहबीच छलफल सकारात्मक, नयाँ शक्तिहरूको एकता प्रयास
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बिहीबार ललितपुरमा भएको छलफल सकारात्मक रहेको बताइएको छ।
छलफलको मुख्य उद्देश्य आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास गर्नु रहेको बताइएको छ । वार्तामा रास्वपा तर्फ सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव, भने निवर्तमान सांसद अमरेश कुमार सिंह र सुनिल शर्मा सहभागी थिए।
रवि लामिछानेले छलफल सफल र सकारात्मक भएको उल्लेख गर्दै आगामी रणनीति बारे थप छलफल गर्ने संकेत गरेका छन्। बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर गरेको प्रश्नमा उनले भने, ‘मेरो अनुहारले के भन्छ ?’













