रास्वपाका नेता शिशिर खनाल बालेनलाई भेट्न पुगे
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीचको संवाद तीव्र बनेको छ।
रास्वपा सभापति लामिछाने र बालेनबीच लामो समयसम्म छलफल भएको थियो। उक्त छलफल सकिएपछि केही समयमै रास्वपाका नेता शिशिर खनाल बालेनलाई भेट्न पुगेका छन् । जसले दुई पक्षबीच निरन्तर समन्वय भइरहेको संकेत गरेको छ।
रवि र बालेनबीच यसअघि पनि पटक–पटक कुराकानी हुँदै आएको थियो । पछिल्लो समय मेयर बालेन पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने मनस्थितिमा पुगेको चर्चा चलिरहेका बेला रास्वपा नेतृत्वले उनीसँगको छलफललाई प्राथमिकतामा राखेको देखिन्छ।
रास्वपाले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै वैकल्पिक शक्तिहरूसँग सहकार्यको सम्भावनाबारे गृहकार्य गरिरहेको छ।













