बालेन र रास्वपा संवाद तीव्र, बैठकस्थलबाट शिशिर खनाल र असिम साह बाहिरिए
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुबीचको राजनीतिक संवाद तीव्र बनेको छ।
ललितपुरस्थित बालेन शाह निकट कुमार बेनको निवासमा जारी छलफलबाट रास्वपाका नेता शिशिर खनाल र असिम साह बाहिरिएका छन्। त्यसैगरी, निवर्तमान सांसद अमरेश कुमार सिंह पनि बैठकस्थलबाट बाहिरिएका छन् ।
यसअघि रास्वपाका सभापति रवि लामिछानेले मेयर बालेन शाहसँग अलग्गै भेटवार्ता गरेका थिए। लामिछानेले बालेनसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। हाल बैठकस्थलमा मेयर बालेन शाहले सुदन गुरुङलगायत केही व्यक्तिसँग छलफल गरिरहेका छन्। आजै साँझ रवि लामिछाने र बालेन शाहबीच पुनः भेटवार्ता हुने बताइएको छ।
राजनीतिक वृत्तमा बालेन शाह र रास्वपा नेतृत्वबीचको बढ्दो संवादलाई चासोका साथ हेरिएको छ।













