कुपण्डोलमा बालेन र राजनीतिक नेतृत्वको भेटघाट जारी, बाबुराम भट्टराई पनि छलफलमा सहभागी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कुपण्डोलमा बालेन र राजनीतिक नेतृत्वको भेटघाट जारी, बाबुराम भट्टराई पनि छलफलमा सहभागी

काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विभिन्न राजनीतिक व्यक्तित्वहरूको भेटघाट र छलफल निरन्तर गरि रहेका छन् ।

यसैक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कुपण्डोलस्थित मेयर बालेन बसिरहेको कुमार व्यञ्जनकारको निवासमा पुगेका छन् । भेटमा के विषयमा छलफल भयो भन्ने औपचारिक जानकारी सार्वजनिक नभए पनि पछिल्ला दिनहरूमा बालेन शाहसँग भइरहेको राजनीतिक संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

समसामयिक राजनीति, सुशासन र भावी सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ। यसअघि सोही निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मेयर बालेनबीच लामो छलफल भएको थियो। त्यस्तै निवर्तमान सांसद डा. अमरेशकुमार सिंह पनि बालेन शाहलाई भेट्न पुगेका थिए।

लगातार विभिन्न राजनीतिक नेताहरूको आगमनसँगै मेयर बालेन शाहको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।