कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको दाबी

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको दाबी

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको आगामी महाधिवेशनमा महामन्त्री पदमै उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

बिहीबार काठमाडौंको धुम्बाराहीमा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै पौडेलले आफ्नो राजनीतिक यात्रा र जिम्मेवारीलाई निरन्तरता दिन महामन्त्री पद उपयुक्त रहेको बताए।

पौडेलले १४औँ महाधिवेशनमा पनि महामन्त्री पदमा उम्मेदवारी दिएको स्मरण गर्दै त्यसबेला अपेक्षित सफलता नपाए पनि आफ्नो राजनीतिक हैसियत र अनुभवका आधारमा फेरि सोही पदमा प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको स्पष्ट पारे।

“महामन्त्री पदमा उम्मेदवारी दिइसकेपछि त्यसभन्दा तल जाने अवस्था हुँदैन,” उनले भने, “अहिले महामन्त्रीभन्दा माथि जाने परिस्थिति पनि बनेको छैन।”उनका अनुसार पार्टीभित्रका धेरै नेता तथा कार्यकर्ताबाट पनि महामन्त्रीमै उम्मेदवारी दिन सुझाव आएको छ। “साथीहरूले पनि महामन्त्रीमै अघि बढ्नुपर्छ भन्ने धारणा राख्नुभएको छ,” उनले बताए।