निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिने

User Image Prime TV News २ हप्ता अगाडि
Image of निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिने

काठमाडौ । निवर्तमान गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गतेका घटनाबारे जानकारी लिन गठित जाँचबुझ आयोगमा बयान दिने तयारी गरेका छन्।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले आयोगमा जान आफ्नो निर्णय सुनाएका हुन्। लेखकले भने, “आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु।”

यद्यपि आयोगले उनलाई शुक्रवार (भोलि) उपस्थित हुन बोलाएको थियो । उनले भने कि उनले सोमबार मात्रै जानेछन्। “उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ। मैले १४ गते सोमबार आउँछु भनेको छु,” उनले भने। भाद्र २३–२४ का घटनासँग सम्बन्धित अनुसन्धानलाई लिएर आयोगको सक्रियता देखिएको छ।