सरकार राजनीतिक दल र जनताको दबाबमा “पेंडुलम जस्तो” बनेको छः प्रधानमन्त्री कार्की
Prime TV News ४ महिना अगाडि काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार राजनीतिक दल र जनताबाट दोहोरो दबाबमा रहेकाले “पेंडुलम जस्तो” बनेको बताएकी छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यो धारणा राखेकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “हरेक राजनीतिक दल र जनताले दबाब दिएर सरकारलाई पेंडुलम जस्तै बनाएका छन्। सबै कुरा एकैचोटि हुनुपर्छ भन्ने अपेक्षा राखिन्छ। राजनीतिक दलले तत्काल छोड्नुपर्छ भन्छन् भने जनताले तत्काल परिवर्तन खोज्छन्।” उनले थपिन्, “हामीले काम गरिरहेका छौँ, तर बाहिरकाले देख्दैनन्। सबै कुरा तुरुन्तै हुनुपर्छ भन्ने अपेक्षा राख्छन्। त्यसका लागि क्षमता पनि हुनुपर्छ। हामी पेंडुलम जस्तै भयौँ, सबैले आजै छोड भन्छन्, जेनजीले भोलि नै छोड भन्छन्।”
प्रधानमन्त्री कार्कीको यो अभिव्यक्तिले सरकारमाथि राजनीतिक दल र जनताबाट परेको दबाब र चुनौतीलाई स्पष्ट रूपमा उजागर गरेको छ।







