भट्टराई र बालेन शाहबीच वैकल्पिक शक्ति निर्माणमा छलफल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराई र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बिहीबार ललितपुरमा करिब एक घण्टासम्म भेटवार्ता भएको छ।
भेटमा भट्टराईले नयाँ र वैकल्पिक राजनीतिक शक्ति मिलेर अघि बढ्न सुझाव दिएका थिए भने मेयर शाहले यसलाई सकारात्मक रूपमा लिएका छन्। भट्टराईका अनुसार, नयाँहरू मिल्दा आफ्नो पनि सद्भाव रहनेछ।
भट्टराईले आफूलाई बालेनले फोन गरेर भेटवार्ताका लागि बोलाएको जानकारी दिए । "नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्छ भन्ने पक्षको मान्छे हो । यही विषयमा बालेनजीले फोन गरेपछि म भेट्न आएँ," भेटवार्ता सकेर निस्कँदै गर्दा भट्टराईले भने । बालेनले भट्टराईलाई बोलाएर आफू राजनीतिमा होमिएको भन्दै सहयोग मागेका छन् ।
यसअघि मेयर शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र अन्य नेतासँग छलफल गरिसकेका थिए।












