विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन्।
बिहीबार भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। शर्मा हालै झापा–१ बाट सर्वसम्मत सिफारिस भएका थिए। तर, उनले आफ्नो सिफारिसको लागि पार्टीप्रति धन्यवाद व्यक्त गर्दै, आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका हुन्।
शर्माको घोषणा संगै अब झापा–१ क्षेत्रबाट कांग्रेसले नयाँ उम्मेदवारको खोजी प्रक्रिया सुरु गर्नुपर्नेछ।













