तपाईको आजको राशिफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of तपाईको आजको           राशिफल

मे धत्ते भुवनानी सप्त गुणवान स्रष्टारजः संश्रयः संहर्ता समसन्वितो गुणवती मायामतित्य स्थितः ।।
सत्यानन्दमनन्तवोधममलं ब्रह्मादिसंज्ञास्पदं नित्यं सत्वसमन्वयादधिगतं पूर्णं शिवं धीमहि ।।

जो राजगुणको आश्रय लिएर संसारको सृष्टि गर्दछन् सत्यगुणले सम्पन्न भएर सात भुवनको भरण पोषण गर्दछन् । तमो गुणले युक्त भएर सबैको सहार गर्दछन् तथा त्रिगुणमय मायालाई बोकेर आफ्नो शुद्ध स्वरुपमा रहनु भएका सत्यानन्द स्वरुप अनन्त बोधमय निर्मल एवं पूर्णब्रह्म शिवलाई हामी ध्यान गर्दछौ ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषशुक्लपक्ष षष्टि तिथि पूर्वभाद्रपदा नक्षत्र पौष महिनाको ११ गते आज शुक्रवार तदनुसार २६ डिसेम्वर २०२५ गर करण ध्वांक्ष योग, कुम्भ राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५० पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ५४ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर १४ मिनेट साझमा रहेको छ ।   

आजको राशिफल ।

मेष:- महत्वपूर्ण निर्णयहरुमा घरपरिवारबाट सल्लाह लिनुहोला । आफ्नो दायित्व पूर्तिको लागि धेरै खटिनुपर्ला । कार्यक्षेत्रमा नया कार्य हात लाग्नेछ । पिताको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन् । नोकरी वा पेशामा प्रभाव बढ्नेछ । मध्यान्ह पश्चात कामको चापवाट फुर्सद पाइनेछ । ब्यपार व्यबसायलाइ लिएर यात्रा गर्ने अवसरका साथै अतिथिका रुपमा सम्मान समेत पाइनेछ तर अरुका विषयमा चासो राख्नाले समस्या निम्त्याउला आफ्ना सूचना बाहिरिनाले दुःख पाइनेछ ।

बृषः– आज प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । धार्मिक र सांस्कृतिकक्षेत्रमा प्रभाव बढ्नेछ अरुकोलागि बुद्धि र श्रम खर्चनु पर्ला सानो प्रयासले राम्रो लाभार्जन गर्न सकिनेछ । युवाहरुलाइ उच्च शिक्षामा नया अवसरहरु मिल्नेछन । विशिष्ट व्यक्तिको सहयोग जुटनाले राम्रै अवसर पाइनेछ । नोकरी तथा व्यवसायमा आम्दानी बढने समय छ । मध्यान्ह पछि अवसरवादीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्ठा गर्न सक्छन् । फजूल खर्चले मन खिन्न बनाउला ।

मिथुन:–आज दाम्पत्य जीवनमा रमाइलो रहनेछ । जीवन साथिको साथ र सहयोग पाइनेछ । कार्यक्षेत्रमा सहयोगिहरुबाट सद्भाब र प्रोत्साहन पाइनेछ । सकारात्मक सोचका साथ अगाडी बढ्नहोस प्रतियोगि परिक्षामा सफलता मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । विपरित परिस्थितिलाइ पनि आफ्नो अनुकुल बनाउन सक्नुहुनेछ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

कर्कटः– शैक्षिक क्षेत्रमा सफलता मिलल्नुका साथै बौद्दिक स्तरमा वृद्दि हुनेछ । सामाजीक स्तरमा सकारात्मकका साथै स्वास्थ्यले पनि साथ दिनेछ । धन आर्जनका नया स्रोतहरु पनि फेला पर्नेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । व्यक्तिगत वेहोसीले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भने पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ । सौन्दर्य सामगी्रमा भने धन खर्चहोला ।

सिंहः– आज परिस्थितिले नया मार्गतर्फ अग्रसर गराउनेछ । मेहनेत वा परिश्रमले आम्दानी बढ्नुका साथै श्रमको उचित मुल्यांकन पाइनेछ । नयाकार्य प्रारम्भ गर्ने समय रहेकोछ आम्दानी बढ्नाले मनमा उत्साह जाग्नेछ । प्रियजनको साथले रमाइलो उत्साह बर्धक समय रहनेछ । टाढाको यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ । मेहनेत वा परिश्रमले प्रतिपक्षिहरु पनि सहयागि बन्नेछन । बादबिवादमा भने नपर्नु होला अपराह्नमा उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ ।

कन्याः– आज अस्वास्थ शरीर लिएर काममा जुट्नुपर्नै अवस्था आउन सक्छ । व्यवसायमा सोचेजस्तो सफलता हात नलाग्ला, वाद विवादमा नपर्नुहोस । परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । आश्वासन दिनेहरुले झुक्याउनेछन् । आफ्नो श्रमवाट अरुले फाइदा उठाउलान् । धन अभाव देखिएपनि तत्कालको समस्या टर्ने छ । परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याए पनि अपरान्हपछि फाइदा हुने छ । प्रतिफल अनिश्चित रहेपनि काममा निरन्तरता दिदा लाभ मिल्नेछ ।

तुलाः– शुभारम्भमा धर्मकर्ममा रुचिबढ्नेछ । उच्च पदाशिन व्यक्तिहरुसंग सम्पर्क बढ्नेछ । शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ अप्ठ्यारो परिस्थतिलाइ आफ्नो अनुकुल बनाउन सकिनेछ । विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका कामहरु  सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ । रोग र शत्रुवाट पनि छुटकारा पाइएला ।

वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थका उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । उत्तरार्धमा केही अवसर प्राप्त हुनेछन् । सुख दुःखमा साथ दिनहरु पनि फेला पर्नेछन् । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।

धनुः– प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर अरुकै काममै समय खर्चनु पर्ला कामको चापले व्यस्त रहिने छ स्वास्थ्यमा ध्यान पुर्याउनु होला परिस्थिति अनुकूल रहेपनि सुख दुःखमा साथ दिनेहरु थोरै हुनेछन् । आफ्ना काममा अवरुद्ध बन्न सक्छन् । परिस्थितिले संघर्षको पथमा हिडाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनााले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ ।

मकर:– समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । अरुका लागि बुद्धि र श्रम खर्चनु पर्ने स्थिति आउन सक्छ । कार्यक्षेत्रमा काम गर्ने उत्साह वा आत्मविश्वसमा वृद्धि हुनेछ । नोकरी वा पेशामा नया जिम्मेवारी बहन गर्नुपर्ला । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा जुटदा प्रशस्तै व्यवसायका लागि यात्रा गरे अवसर जुर्न सक्छ ।

कुम्भः– आर्थिक मुद्धा मामलामा सावधानी अपनाउनुहोला । पहिला गरेको कामको राम्रो परिणम प्राप्त हुनेछ । नया कामले पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ । परविार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्नुहोस ।  आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । विद्यार्थीहरुलाइ पठनपाठनमा गुरुजनहरुको साथ र सहयोग मिल्नेछ । अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।

मीन:- विना सोचेर अरुलाई बचन दिने बानीले अप्ठयारोमा पार्न सक्छ । समयलाइ आफ्नो अनुकुल बनाउन नसकिएला । सकारात्मक सोच राखेर अगाडी बढ्नुहोला । ईष्र्या गर्ने हरुले सताउन सक्छन महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला ।

-ज्यो घटराज निरौला