हर्क साम्पाङ र बालेनको दूरी अझ चर्कियो, हर्कले भने ‘मिडिया ट्रायल गर्नेहरूसँग भेट हुँदैन’

User Image Prime TV News २ महिना अगाडि
Image of हर्क साम्पाङ र बालेनको दूरी अझ चर्कियो, हर्कले भने ‘मिडिया ट्रायल गर्नेहरूसँग भेट हुँदैन’

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सँग कुनै पनि प्रकारको भेट नगर्ने स्पष्ट घोषणा गरेका छन्।

पछिल्लो समय बालेनले राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका बेला साम्पाङको यो अडान सार्वजनिक भएको हो। बिहीबार साँझ बालेनले जेनजी आन्दोलनको जिम्मा रक्षा बमलाई दिँदै गोपी हमालदेखि हर्क साम्पाङसम्मलाई एकै ठाउँमा ल्याउने प्रयास आफूले गर्ने बताएका थिए।

तर त्यसको केही घण्टामै साम्पाङले आफू यस्तो भेटघाटको हिस्सा नबन्ने संकेत दिएका हुन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको क्रममा प्रधानमन्त्री बन्ने दौडमा रहेका बेला बालेनले सहयोग नगरेको आरोप साम्पाङले लगाउँदै आएका छन्। त्यसयता उनी बालेनप्रति खुला रूपमा असन्तुष्ट देखिँदै आएका छन्।

शुक्रबार बिहान साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनको नाम नलिई कडा टिप्पणी गरे। उनले लेखेका छन्, “मिडिया ट्रायल गर्न छोड! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन। अफवाह फैलाउन छोड!”

राजनीतिक रूपमा स्वतन्त्र छवि बनाएका दुई नेताबीचको यो टकराव अब व्यक्तिगत असहमतिको तह पार गर्दै सार्वजनिक आरोप–प्रत्यारोपमा रूपान्तरण भएको देखिन्छ।