रास्वपाले समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक ( सूची सहित )
Prime TV News २ हप्ता अगाडि काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। पार्टीले शुक्रबार ३८७ जनाको नाम समेटिएको सूची सार्वजनिक गरेको हो।
रास्वपाका अनुसार समानुपातिक उम्मेदवार बन्न इच्छुक ४१४ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक चरणको मूल्यांकनपछि २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन। सूचीमा नपरेका आकांक्षीलाई भने भर्चुअल माध्यमबाट हुने उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने पार्टीले जनाएको छ।
पार्टीले समानुपातिक उम्मेदवारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो। सोही अनुसार रास्वपाले दुई करोड सात लाख रुपैयाँ संकलन गरेको जानकारी दिएको छ । स्वपाले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, समावेशी र योग्यता–आधारित बनाइने दाबी गरेको छ।
हेर्नुहोस् सूचीः–












