क्यालिफोर्नियामा प्रलयकारी वर्षा, बाढी र पहिरोले तीन जनाको ज्यान गयो

User Image Prime TV News २ हप्ता अगाडि
Image of क्यालिफोर्नियामा प्रलयकारी वर्षा, बाढी र पहिरोले तीन जनाको ज्यान गयो

काठमाडौ । अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रिसमसकै दिन बिहीबार रातिदेखि परेको भीषण वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ। लगातारको खराब मौसमले राज्यका धेरै क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ।

स्थानीय अधिकारीहरूका अनुसार क्यालिफोर्नियाका अधिकांश भागमा बाढी र पहिरोको जोखिम उच्च रहेको छ। विशेषगरी लस एन्जलस काउन्टीका केही स्थानमा २७ सेन्टिमिटरसम्म वर्षा भएपछि बस्तीहरू डुबानमा परेका छन्। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने प्रमुख सडक र राजमार्गहरू बन्द गरिएका छन्।

मौसम विभागले आँधीबेहरीसहितको वर्षा शुक्रबारसम्म जारी रहने चेतावनी दिएको छ। यसले थप क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढीका कारण सवारीसाधनमै फसेका व्यक्तिहरूलाई आपत्कालीन उद्धार टोलीले सुरक्षित रूपमा उद्धार गरेको छ। उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन्।

यसैबीच क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले लस एन्जलस र दक्षिणी क्यालिफोर्नियाका अन्य काउन्टीमा आपत्‌काल घोषणा गरेका छन्। बीबीसीका अनुसार राज्यभर झन्डै एक लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।