नेकपाले सल्यानबाट उम्मेदवारका लागि रमेश मल्ललाई गर्यो सिफारिस
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले यहि फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेद्वारकालागि रमेश मल्लको नाम सिफारिस गरेको छ।
पार्टीको जिल्ला कमिटी बैठकले मल्ललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीका अनुसार मल्ल लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
विद्यार्थी राजनीतिबाट आएका मल्ल विद्यार्थी संगठनको नेतृत्व समेत गरि सकेका छन् भने तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय समेत हुन् । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदाँ मल्लले स्वकिय सचिवको जिम्मेवारी समेत समालेका थिए ।
पार्टी नेतृत्वले मल्लको अनुभव, प्रतिबद्धता र जनस्तरमा रहेको लोकप्रियतालाई मध्यनजर गर्दै उनको नाम सिफारिस गरिएको जनाएको छ। यस्तै मल्ल संगै प्रकाश ज्वाला, टेक बहादुर बस्नेत र महिलामा सीता विष्ट बस्नेतलाई पनि जिल्ला कमिटिले सिफारिस गरेको छ ।
समानुपातिक तर्फ उमाकान्त शर्मा, प्रमोद श्रेष्ठ र प्रेमा अधिकारी छन् भने राष्ट्रिय सभा सदस्य लागि रत्न बहादुर ओलिलाई सिफारिस गरेको छ । जिल्ला कमिटीकोले सिफारिस गरिएको नाम माथिल्लो कमिटीमा पठाइने र अन्तिम निर्णय पार्टी केन्द्रबाट हुने बताइएको छ।













