देउवाले सरकारलाई निर्वाचनको वातावरण निर्माण गर्न सुझाव दिए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले निर्वाचन हुनसक्ने वातावरण तयार गर्न आवश्यक रहेको भन्दै सुझाव दिएका छन्।
बिहीबार बिहान आफ्नै निवासमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँग भेटेका देउवाले निर्वाचनका लागि विश्वसनीय वातावरण निर्माणमा ढिलाइ नगर्न आग्रह गरेका हुन्। उनले नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि चुनाव नै भएको तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
जवाफमा मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने भन्दै दलहरूले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए । सरकारका प्रवक्ता समेत रहेका खरेलले आज प्रमुख तीन दलका अध्यक्ष/सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय गरेका छन्।
सुरुमा खरेलले नेपाली कांग्रेस सभापति देउवालाई भेटेका थिए। त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र दिउँसो १२ बजे नेकपा संयोजक प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको छ।













