सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला सतरी हजार रुपैयाँ नजिक

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला सतरी हजार रुपैयाँ नजिक

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। सुनको अघिल्लो उच्च मूल्य पुस ९ गते प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर चार हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ।