डा. मित्र परियार नेकपामा प्रवेश, श्रम संस्कृति पार्टीबाट निलम्बित

User Image Prime TV News २ हप्ता अगाडि
Image of डा. मित्र परियार नेकपामा प्रवेश, श्रम संस्कृति पार्टीबाट निलम्बित

काठमाडौ । श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

नेकपाका संयोजक प्रचण्डले आज बिहान उनलाई पार्टीमा स्वागत गरेका छन्। डा. परियार प्रचण्डको हात्तीवनस्थित निवासमा पुगेका थिए। डा. परियार केही दिनअघि बुटवलमा आयोजित सभामा अभद्र शैलीमा अभिव्यक्ति दिएका थिए।

उनले जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक रूपमा गालीगलौज गरेको आरोप लगाइएको थियो। यसै कारण हर्क साम्पाङले उनलाई श्रम संस्कृति पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरेका थिए।