बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने, आजै शपथ ग्रहणको तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने, आजै शपथ ग्रहणको तयारी

काठमाडौ । नेपाली सेनाका पूर्व रथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा अब परराष्ट्र मन्त्री बन्ने भएका छन्। उनका अनुसार उनको आजै शपथ ग्रहण तय भएको छ।

शर्मा प्रधान सेनापति बन्न नपाएका भए पनि देशको विभिन्न जिम्मेवारीहरू सम्हाल्दै आएका पूर्व जर्नेल हुन्। उनी माओवादी लडाकु समायोजन समितिमा रहेर शान्ति प्रक्रिया टुंग्याउने महत्वपूर्ण पात्र पनि हुन्।

त्यसैगरी, कोभिड संकटको बेला उनी सीसीएमसी मा पनि सक्रिय भूमिका खेलेका थिए।