गुण्डु पुगे सञ्चारमन्त्री खरेल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सँग भेट गरी समसामयिक राजनीतिक अवस्था र फागुन २१ गते तय भएको निर्वाचन सम्बन्धमा छलफल गरेका छन्। भेट भक्तपुरको गुण्डुस्थित निवासमा भएको हो।
सञ्चारमन्त्री खरेलले ओलीलाई शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीचको वार्ताका लागि निम्तो पनि दिएका छन्। यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा सँग भेट गरेका थिए भने ओलीसँगको भेटपछि नेकपा माओवादी अध्यक्ष प्रचण्ड सँगको भेट कार्यक्रम रहेको बताइएको छ।
यसरी खरेलले तीन दलका शीर्ष नेतासँगको समन्वय गर्दै आगामी निर्वाचन र राजनीतिक प्रक्रियामा सक्रिय भूमिका निभाउने तयारी देखाएका छन्।













