रास्वपा सभापति लामिछाने र मेयर बालेनबीच वार्ता तयारी, सहमतिको प्रस्ताव तयारी हुँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपा सभापति लामिछाने र मेयर बालेनबीच वार्ता तयारी, सहमतिको प्रस्ताव तयारी हुँदै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको वार्ता टोली आन्तरिक छलफल र सहमतिका तयारीमा जुटेको छ। दुवै पक्षले आन्तरिक गृहकार्य पूरा नगरेकाले आजै भेटवार्ता हुने सम्भावना न्यून रहेको बताइएको छ । 

स्रोतका अनुसार, “बिहीबार साँझ त्रिपक्षीय भेटवार्ता तय भएको थियो। तर सहमतिको खाका र आन्तरिक तयारी पूरा नभएकाले वार्ता टरेको हो। अब आज दिनभर आन्तरिक गृहकार्य सकाएर सम्भवतः आजै, नभए भोलि वार्ता हुन्छ।”

बिहीबार बिहान ७ बजेदेखि बालेनले प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको घरमा उर्जामन्त्री कुलमान घिसिङ, रवि लामिछाने, सुनील शर्मा, डा. बाबुराम भट्टराई, खगेन्द्र सुनार, अमरेशकुमार सिंह, सागर ढकाल, जेनजी रक्षा बम, सुधन गुरुङ, पुरुषोत्तम यादवलगायतसँग भेटवार्ता गरेका थिए।

रास्वपा नेता शिशिर खनालका अनुसार, अहिलेसम्म भएका चरणवद्ध वार्ता सकारात्मक रहेकाले थप वार्ता हुने सम्भावना छ। “अहिलेसम्म जुन–जुन चरणमा वार्ता भए, सबै सकारात्मक छन्। अझै थप भेटवार्ता र सहमति हुन्छ,” उनले बताए। 

दुबै पक्ष विचको छलफल अनुसार रवीलाई पार्टी सभापति र बालेनलाई प्रधानन्त्रीको रुपमा अघि वढाउने तयारी भै रहेको बताईएको छ ।