प्रधानमन्त्री कार्कीले पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मालाई परराष्ट्र मन्त्री नियुक्त

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री कार्कीले पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मालाई परराष्ट्र मन्त्री नियुक्त

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको अनुमोदनमा सुरक्षा विशेषज्ञ बालानन्द शर्मालाई नयाँ परराष्ट्र मन्त्रीको रूपमा नियुक्त गरेका छन् । शर्माले नै नियुक्ति संगै शपथ लिएका छन्। यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्दै आएकी थिइन्।

शर्मा नेपाली सेनाका अवकाश प्राप्त रथी हुन् र सैन्य रणनीतिकारको रूपमा परिचित छन्। उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा र रणनीति सम्बन्धी क्षेत्रमा काम गरिसकेका छन्। २०७८ सालमा, ओली प्रधानमन्त्री हुँदा शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख नियुक्त भएका थिए।

यसअघि २०६७ मंसिरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले माओवादी लडाकु पुनर्स्थापना सचिवालयको संयोजकको रूपमा उनलाई नियुक्त गरेको थियो।