नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबीच एकता हुने, रञ्जिता नेतृत्वको पार्टी समाहित हुने

User Image Prime TV News २ महिना अगाडि
Image of नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबीच एकता हुने, रञ्जिता नेतृत्वको पार्टी समाहित हुने

काठमाडौ । रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी अब नागरिक उन्मुक्ति पार्टी नेपालमा समाहित हुने भएको छ। नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले शनिवार जानकारी दिंदै भने कि दुबै पार्टीबीच एकता हुने सहमति भइसकेको छ।

खानका अनुसार, नागरिक उन्मुक्तिका सबै नेता कार्यकर्ता अब नागरिक उन्मुक्ति पार्टी नेपालमा आउँदैछन्। उनले थपे, “दुई पार्टीबीचको एकता कार्यक्रम आगामी शनिबार (पुस १२) दिउँसो १ बजे काठमाडौंमा आयोजना हुनेछ।”

यसअघि, रञ्जितालाई जानकारी नदिइकन केन्द्रीय कार्यसमिति बैठक डाकेको भन्दै संरक्षक रेशमलाल चौधरीले भदौ २९ गते नयाँ पार्टी घोषणा गरेका थिए। रेशमलाल हाल नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक हुन्।

दुवै पार्टीबीचको यो एकताले पार्टीलाई थप सुदृढ बनाउने र राजनीतिक प्रभाव बढाउने अपेक्षा गरिएको छ।