कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि, विशेष महाधिवेशनको दबाब तीव्र

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि, विशेष महाधिवेशनको दबाब तीव्र

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि निरन्तर चलिरहेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने जनाइएको छ।

पछिल्ला बैठकहरूमा महाधिवेशनको तयारी र आगामी निर्वाचनका विषयमा नेताहरूबीच तीव्र बहस भइरहेको छ। नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था देखिएपछि पार्टीभित्र विशेष महाधिवेशनको माग बलियो बन्दै गएको छ।

यसैबीच, विशेष महाधिवेशनको माग गर्ने पक्षधरहरूले हिजो औपचारिक रूपमा पार्टी नेतृत्वलाई स्मरणपत्र बुझाएका छन्। उनीहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिँदै पार्टी केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत स्मरणपत्र हस्तान्तरण गरेका हुन्।

पार्टीभित्र नेतृत्व चयन, संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई लिएर असन्तोष बढ्दै गएको छ। नियमित महाधिवेशनको टुंगो नलागेपछि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क नेताहरूले अघि सारिरहेका छन्।