एमाले आफ्नाे पार्टी भएकाले त्यहीबाट काम गर्छु : पूर्वराष्ट्रपति भण्डारी

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले आफ्नाे पार्टी भएकाले त्यहीबाट काम गर्छु : पूर्वराष्ट्रपति भण्डारी

काठमाडाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा पुनरागमन गरिसकेको बताएकी छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा बिच राजनीतिक भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) नै आफ्नाे पार्टी भएकाले त्यहीँबाट काम गर्ने वताएकी हुन् । 

सक्रिय राजनीतिमा आउने घोषणा संगै एमाले भित्र विवाद देखिएको छ । अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरका नेताहरुले भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने भन्दै भण्डारीकाे पार्टी सदस्यता दिन अस्विकार गरेका छन् । उता भण्डारी पक्षका नेताहरुले भने पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा आउन कसैले राेक्न नसक्ने वताउँदै आएका छन् । 

यस्तै भेटमा पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास भंगाल पुगेका झालाई रास्वपालाई विचारको बहस चलाउन सुझाव दिएकी थिइन् । राजनीतिक पार्टीहरूको साझा लक्ष्य एउटै हुने भन्दै भूराजनीतिकदेखि देशको समृद्धिसम्मका विषयमा बहस बढाउनु पर्ने पूर्वराष्ट्रपति भण्डारीले वताएकी थिइन् । 

 “तपाईंहरू बहस चलाउनुस्, भूराजनीतिक विषयसहित अन्य विषयमा बहस चलाउनुस्,” भण्डारीको भनाइ उद्धृत गर्दै प्रवक्ता झाले भने, “नयाँ राजनीतिक दललाई पुरानाले गाइड गर्नुपर्छ ।”

भेटमा झाले समान मुद्दामा रास्वपा सभापति रवि लामिछाने र अरू व्यक्तिबीच फरक व्यवहार गरिएको गुनासो गरे । उनले कानुन कार्यान्वयनमा काखापाखा गरिएको बताएका थिए । भण्डारीले कानुनको नजरमा सबै समान हुने भन्दै कसैलाई पनि काखापाखा गर्न नहुने बताएको बताएकी थिइन् ।