रवि र वालेन विच सहमती पत्रमा हस्ताक्षर भै रहदा को-को थिए साक्षी ?

User Image Prime TV News २ हप्ता अगाडि
Image of रवि र वालेन विच सहमती पत्रमा हस्ताक्षर भै रहदा को-को थिए साक्षी ?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी  र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बीच अन्ततः निर्णायक ‘ब्रेकथ्रु’ भएको छ। हिजो राति निकै गोप्य ढंगले भएको वार्तापछि दुवै पक्ष सहमतिमा पुगेका हुन्।

वार्ता चलिरहेको विषयलाई अन्तिम क्षणसम्म बाहिर ल्याइएन। पत्रकारहरूलाई समेत जानकारी नदिई सीमित व्यक्तिहरूको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।

हस्ताक्षर समारोहमा रास्वपातर्फ उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याल सहभागी थिए। वार्ता टोलीमा असिम साह र शिशिर खनाल थिए भने असिमका दाइ खासिफ साहको पनि उपस्थिति रहेको थियो।

बालेन पक्षबाट कुमार बेन र भूपदेव साह सहभागी थिए। साथै बालेन निकट मानिने निश्चल बस्नेत, केपी खनाललगायतको पनि उपस्थिति रहेको बताइएको छ।

लामो समयदेखि जारी अविश्वास र असमझदारीपछि भएको यो सहमतिलाई राजनीतिक वृत्तमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। दुवै पक्षले गोपनीयता कायम राख्दै छलफल अगाडि बढाएकाले अन्तिम क्षणमा मात्र सहमति सार्वजनिक भएको हो।