रवि र बालेन विच सहमती संगै कुलमान बाहिरिए

User Image Prime TV News २ हप्ता अगाडि
Image of रवि र बालेन विच सहमती संगै कुलमान  बाहिरिए

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकतासम्बन्धी सहमति औपचारिक रूपमा टुंगिएको छ। तर यो एकताबाट उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बाहिरिएका छन्।

रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच भएको सातबुँदे सहमतिअनुसार बालेन रास्वपामा समाहित हुनेछन्। पार्टी नेतृत्व भने रवि लामिछानेकै हातमा रहनेछ भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सार्ने सहमति भएको छ।

सहमतिको प्रारम्भिक चरणमा कुलमान घिसिङलाई पनि समेट्ने प्रयास गरिएको थियो। उनलाई रास्वपाको वरिष्ठ नेताको भूमिकाको प्रस्ताव गरिएको थियो। तर कुलमानले त्यसलाई अस्वीकार गर्दै नेतृत्व तह र भावी प्रधानमन्त्रीको दाबेदारी राखेपछि त्रिपक्षीय सहमति सम्भव भएन।

यसपछि उज्यालो नेपाल पार्टीले आफ्नो अस्तित्व कायम राख्दै कुनै पनि दलसँग एकतामा नजाने निष्कर्ष निकालेको छ। रास्वपाले आफूलाई केवल रणनीतिक रूपमा प्रयोग गर्न खोजेको ठहर गर्दै कुलमान सहमतिबाट अलगिएका हुन्।