रवि र बालेनबिचको सहमतीलाई सुदन गुरुङले के भने ?
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका अभियान्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सातबुँदे सम्झौताप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै गुरुङले रास्वपाले अब चुनावी तयारीमा केन्द्रित हुन सक्ने उल्लेख गरेका छन् भने आफूहरू भने राष्ट्रिय मुद्दा र जनताका वास्तविक समस्याको समाधानमा केन्द्रित रहने बताएका छन्। “अब आरएसपीले चुनावको तयारीमा ध्यान दिन सक्छ। हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौं,” उनले लेखेका छन्।
उनको प्रतिक्रिया आज बिहान रवि लामिछाने र बालेन शाहबीच एकता सम्झौता सार्वजनिक भएपछि आएको हो। दुवै नेताबीच भएको सातबुँदे सहमतिअनुसार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्ने र बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको बताइएको छ। सम्झौतामा चुनाव चिह्न रास्वपाकै ‘घण्टी’ रहने उल्लेख छ।













