रवि र बालेन सम्झौताप्रति सञ्चारमन्त्री खरेलको प्रतिक्रिया: ‘नयाँ दिन, नयाँ सुरुवात’
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको सातबुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले सकारात्मक प्रतिक्रिया दिएका छन्।
खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “नयाँ दिन, नयाँ सुरुवात। सुन्दर र समृद्ध नेपालको सपना! गन्तव्य तय हुँदैछ…”। उनले सम्झौतापछि सुरु भएको नयाँ राजनीतिक चरणलाई उत्साहपूर्ण रूपमा स्वागत गरेका हुन्।
लामो समय पत्रकारितामा सक्रिय रहेका खरेल जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए। निकट स्रोतका अनुसार उनी अब सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्।
खरेलको अभिव्यक्तिलाई रास्वपा र काठमाडौं महानगरपालिकासहितको नयाँ एकता प्रक्रियाप्रति समर्थनको संकेतका रूपमा लिइएको छ ।













