बालेन शाहले दुई हप्ताभित्र मेयर पदबाट राजीनामा दिने, प्रतिनिधि सभामा प्रधानमन्त्री उम्मेदवार बन्ने तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of बालेन शाहले दुई हप्ताभित्र मेयर पदबाट राजीनामा दिने, प्रतिनिधि सभामा प्रधानमन्त्री उम्मेदवार बन्ने तयारी

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रतिनिधि सभाको चुनावमा प्रधानमन्त्री पदको उम्मेदवार बन्ने तयारीमा छन्। यसका लागि उनी आगामी दुई हप्ताभित्र मेयरको पदबाट राजीनामा दिने भएका छन्।

रास्वपाका सभापति रवि लामिछानेसँग भएको सहमति अनुसार बालेन फागुन २१ गते हुने निर्वाचनमा रास्वपाको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने छन्। कानुनअनुसार प्रधानमन्त्री पदको उम्मेदवार बन्न मेयर पदबाट राजीनामा दिन अनिवार्य छ।

बालेनको काठमाडौं महानगरमा अझै १६ महिना कार्यकाल बाँकी छ। तर उम्मेदवारीका कारण उनले माघ ६ गतेभित्र मेयर पद छोड्ने तयारी गरेका हुन्। मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, “केही काम बाँकी छन्। दुई हप्ताभित्र ती काम सकिने अपेक्षा छ। त्यसपछि राजनीतिक र प्राविधिक दृष्टिले उपयुक्त समयमा राजीनामा हुनेछ।”