हर्क साम्पाङद्वारा स्पष्ट: श्रम संस्कृति पार्टीले कसैसँग एकता गर्ने छैन

User Image Prime TV News २ हप्ता अगाडि
Image of हर्क साम्पाङद्वारा स्पष्ट: श्रम संस्कृति पार्टीले कसैसँग एकता गर्ने छैन

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टी कसैसँग पनि एकता नगर्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने र देशको ढुंगाको, माटोको राजनीति गर्ने बताएका छन्। साम्पाङले पार्टीले स्वदेशी विचार र मौलिकपनको राजनीति गर्ने बताए।

उनले कार्यकर्ता र शुभेच्छुकहरूलाई पनि कसैसँग मिल्ने अडकल नगर्न आग्रह गर्दै भने, “जो जोसँग मिले पनि हुन्छ, हामी कसैसँग मिल्दैनौं।” उनको यो प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएपछि आएको हो।