रवि लामिछाने र बालेन शाह सहमति पछि गोकुल बाँस्कोटाको टिप्पणी: “कुलमान र प्रचण्ड पनि मिल्न सक्छन्”

User Image Prime TV News २ हप्ता अगाडि
Image of रवि लामिछाने र बालेन शाह सहमति पछि गोकुल बाँस्कोटाको टिप्पणी: “कुलमान र प्रचण्ड पनि मिल्न सक्छन्”

काठमाडौ । एमाले नेता गोकुल बाँस्कोटाले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सहमति पछि भविष्यमा अरू नेताहरू पनि मिल्न सक्ने संकेत दिएका छन्।

बाँस्कोटाले आइतबार फेसबुकमा लेखेका छन्, “रवि –बालेन मिलेछन्। अब कुलमान–प्रचण्ड बाँकी रहेजस्तो देखियो। त्यो पनि होलाझैँ लाग्छ।” उनीले यो टिप्पणी हालै रवि लामिछाने र बालेन शाहबीच एउटै पार्टीमा आबद्ध भएर चुनाव लड्ने ७ बुँदे सहमति भएपछि गरेका हुन्।