निर्वाचन आयोगद्वारा २०८२ को नयाँ आचारसंहिता स्वीकृत

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचन आयोगद्वारा २०८२ को नयाँ आचारसंहिता स्वीकृत

काठमाडौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ।

आयोगको शनिबारको बैठकले नयाँ आचारसंहिता अनुमोदन गरेको हो। नयाँ आचारसंहितामा वार्षिक कार्यप्रगति प्रतिवेदन: निर्वाचित दल वा उम्मेदवारले हरेक वर्ष आफ्नो घोषणा पत्रअनुसारको कार्य प्रगति सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै पहिलो पटक वातावरणमैत्री र हरित निर्वाचनसम्बन्धी आचारण समावेश गरिएको। तर, आचारसंहिता कहिलेबाट लागु हुनेछ भन्ने निर्णय भने आयोगले अझै गरिसकेको छैन। निर्वाचन प्रक्रियामा पारदर्शिता र जिम्मेवारीबोध बढाउने कदमका रूपमा आयोगले नयाँ आचारसंहिता ल्याएको हो ।