एमाले सचिव बस्नेतको टिप्पणी: बालेन र रवि सहकार्यले लोकप्रियतामा असर पर्न सक्छ

User Image Prime TV News २ हप्ता अगाडि
Image of एमाले सचिव बस्नेतको टिप्पणी: बालेन र रवि सहकार्यले लोकप्रियतामा असर पर्न सक्छ

काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेसँग सहकार्य थालेपछि काठमाडौंका मेयर बालेन शाहको लोकप्रियतामा गिरावट आउने दाबी गरेका छन्।

बस्नेतका अनुसार, बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग जोडिएको थियो, तर विवादित नेता रविसँग आबद्ध दलमा सामेल हुँदा त्यो आकर्षण कम हुने सम्भावना देखिन्छ। उनले भने, “तीन वर्षमा महानगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पाल्नुको अर्थ छैन।”

उनले तीन वर्षमा महानगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पाल्नुको अर्थ नहुने टिप्पणी गरेका हुन् ।