नेकपालेे समानुपातिक उम्मेदवारको अन्तिम सूची आयोगमा बुझाउने तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेकपालेे समानुपातिक उम्मेदवारको अन्तिम सूची आयोगमा बुझाउने तयारी

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

जिल्लाबाट आएका उम्मेदवारको सिफारिस प्रदेशले निर्णय गरी केन्द्रमा पठाइसकेको छ। नेकपा नेता देव गुरुङका अनुसार प्रदेशबाट आएको सूचीलाई जोडेर भोलिसम्म आयोगमा बुझाइने छ। पार्टीले प्रत्येक जिल्लाबाट कम्तीमा एक जना महिला उम्मेदवार अनिवार्य रूपमा समावेश गर्न सर्कुलर जारी गरेको छ।

समानुपातिक तर्फ ११० पदका लागि धेरै उम्मेदवार इच्छुक भएकाले यस पटक नयाँ वा पहिला मौका नपाएका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ। यसैबीच, वाग्मती प्रदेशका इन्चार्ज गंगालाल तुलाधरले झण्डै सबै सूची आइसकेको बताउँदै भोलि ‘फर्स्ट आवर’मै आयोगमा बुझाउने तयारी भइरहेको जानकारी दिए।

तुलाधरका अनुसार वाग्मती प्रदेशमा १९८ जनाले समानुपातिक उम्मेदवारको लागि आवेदन दिएका छन्। नेकपाले आगामी निर्वाचनमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न महिला र नयाँ उम्मेदवारलाई प्राथमिकता दिने तयारी गरेको बताइएको छ ।