सर्वोच्च अदालतमा १९ न्यायाधीशको बृहत् इजलास बस्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of सर्वोच्च अदालतमा १९ न्यायाधीशको बृहत् इजलास बस्दै

काठमाडौ । सर्वोच्च अदालतमा १९ न्यायाधीशको एकसाथ बृहत् इजलास बस्ने भएको छ। आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सबै न्यायाधीशहरू सहभागी हुनेछन्।

भदौ २४ पछि अदालतका मिसिलहरू जलेका कारण मंसिर मसान्तसम्मको समय ‘शून्य समय’ मानेर म्याद थाम्न पाइने निर्णय पहिले नै भएको थियो। तर मिसिल प्राप्तिका लागि मंसिर र पुसमा ६० दिनको समय दिइएको छ।

अबको बृहत् इजलासले पेसी तारेख थाम्नको लागि यो अवधिलाई पनि शून्य समय मान्ने आदेश दिने सम्भावना छ। सर्वोच्च प्रशासनले तयार पारेको प्रतिवेदन इजलासमा पेश गरिएको छ। निर्णयपछि बिचमा पेसी तारेख पुगे पनि म्याद नाघेको मानिने छैन।

इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा रहेका छन्।

हाल सर्वोच्च अदालतमा यी १९ न्यायाधीश मात्रै कार्यरत छन्।