पम्फा भुसालले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा

User Image Prime TV News २ हप्ता अगाडि
Image of पम्फा भुसालले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवारी नदिने निर्णय गरेकी छिन्।

भुसालले सामाजिक सञ्जालमार्फत दिइएको भनिन्, “यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु। म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेको छु। अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ।”

उनले यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै, पहिले अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुने विचार व्यक्त गरिन्।