सेयर बजारमा उत्साह, आइतबार नेप्से परिसूचक २६३३.४२ अंकमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of सेयर बजारमा उत्साह,  आइतबार नेप्से परिसूचक २६३३.४२ अंकमा

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै सेयर बजारमा उत्साह बढेको छ।

राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रका कारण निराश लगानीकर्ता नयाँ राजनीतिक सहमतिपछि आशावादी बनेका हुन्। यो संगै लगानीकर्तामा विश्वास बढाएको र नेप्से परिसूचकमा सुधार ल्याएको छ। आइतबार नेप्से परिसूचक २५८५.८७ बाट २६३३.४२ अंकमा पुगेको छ ।

करिब २ प्रतिशत वृद्धि भएको छ। कारोबार रकम पनि बढेर ५.५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा निकै उच्च हो। आइतबार बजारमा कारोबार भएका ३२८ कम्पनीमध्ये २३८ कम्पनीको सेयर मूल्य बढेको देखिन्छ।

मिडिल सोलु हाइड्रोपावरको सेयर मूल्य ९.४९% ले बढेको छ भने विन नेपाल लघुवित्तको सेयर १०% घटेको छ। राजनीतिक सहमति र सकारात्मक वातावरणले आगामी २१ फागुनमा सम्भावित संसदीय निर्वाचनमा लगानीकर्ताको भरोसा बढाएको छ।

साथै, सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरे पनि राजनीतिक अस्थिरता हुँदा बजारमा सुधार आउन सकेको थिएन। सेयर बजारमा आएको सुधारले आगामी दिनमा पनि बजार बढ्ने संकेत गरेको छ र लगानीकर्ताले अब आशावादी दृष्टिले बजारको अवस्था नियाल्ने देखिन्छ।