कांग्रेसले समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने निर्णय
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट पहिलेका चार निर्वाचनमा सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको छ।
कांग्रेसको कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा नयाँ उम्मेदवारको नाम छनोट गर्ने तयारी गरिरहेको छ।
कार्यसम्पादन समितिका एक सदस्यले बताए अनुसार, “अहिलेसम्म अवसर नपाएका नयाँ उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ र पहिलाका सांसदहरू अबको सूचीमा समावेश हुने छैनन्।”
बैठक अझै जारी छ र यसबाट जारी हुने बन्दसूचीले आगामी निर्वाचनमा कांग्रेसको समानुपातिक प्रतिनिधित्व निर्धारण गर्नेछ।












