कांग्रेसले राष्ट्रियसभाको अधिवेशन तुरुन्त बोलाउन माग
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन तत्काल बोलाउन राष्ट्रसभा अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराएको छ।
राष्ट्रियसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले अध्यक्ष दाहालसँग भेटेर आफ्नो निर्णय जानकारी गराउँदै अधिवेशनको माग गरेको हो।
यसअघि पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले देशको विषम परिस्थितिमा प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन भएको अवस्थामा जनताको आवाज उठाउन राष्ट्रियसभा बैठक आवश्यक भएको निष्कर्ष निकालेको थियो।
आइतबारको भेटमा राष्ट्रियसभा सदस्य कमला पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा, पदम परियार लगायत सहभागी थिए। प्रमुख सचेतक रोकायले अधिवेशनको पहलका लागि अध्यक्ष दाहालको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन्।













