सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल समाप्त
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा चुनाव फागुन २१ गते तय भएसँगै सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आज देखि समाप्त भएको छ।
निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवार सूची बुझाउने समय आज र भोलि तोकेको छ। संविधानअनुसार उम्मेदवारी दाखिला गर्नु अघि दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहन सक्ने व्यवस्था छ।
घिमिरे २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए भने रानामगर माघ ७ गते उपसभामुखमा निर्वाचित भएकी थिइन्।













