भारतको शिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

User Image Prime TV News २ हप्ता अगाडि
Image of भारतको शिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

काठमाडौ । भारतको हिमाञ्चल प्रदेशस्थित शिमलाको कोटखाई क्षेत्रमा सोमबार भएको गम्भीर गाडी दुर्घटनामा चार जना नेपाली नागरिकको मृत्यु भएको छ। दुर्घटनामा थप दुई जना नेपाली घाइते भएका छन्।

मृत्यु हुनेहरू सबै सल्यान जिल्लाको कुमाख गाउँपालिका–४ का बासिन्दा हुन्। गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीका अनुसार मृतकहरूमा डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट रहेका छन्।

द हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा नेभ बहादुर र सज्जन घाइते भएका छन्। यद्यपि, पालिका अध्यक्ष बुढाथोकीले घाइतेहरूको नाम अझै पुष्टि हुन बाँकी रहेको बताएका छन्।  उनका अनुसार, “उनीहरू कामका लागि भारत गएका थिए भन्ने जानकारी आएको छ। शव ल्याउनका लागि बाटो बिग्रिएकाले अहिले बाटो निर्माणको काम भइरहेको छ।”

प्रारम्भिक अनुसन्धानका आधारमा गाडीका चालकले सवारीको नियन्त्रण गुमाउँदा गाडी गहिरो खोँचमा खसेको जनाइएको छ। दुर्घटनापछि घटनास्थलमा उद्धार टोली परिचालित गरिएको थियो। घाइतेहरूको उपचार भारतकै नजिकको अस्पतालमा भइरहेको बताइएको छ।