पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक छः राप्रपा अध्यक्ष लिङ्देन

User Image Prime TV News २ हप्ता अगाडि
Image of पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक छः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा रहेकाले नविनतम समझदारी आवश्यक रहेको बताएका छन् ।

आइतबार विराटनगरमा पार्टीस्तरीय जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले मुलुक भुराजनैतिक द्वन्द्वमा फसिसकेकोले विदेशी हस्तक्षेप रोक्न पनि पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको बताए ।

उनले राजनीतिक निकासका लागि फागुन २१ गतेको निर्वाचन अघि नै गोलमेच सम्मेलन गरेर समस्याको निकास निकाल्नु उपयुक्त हुनेमा जोडदिए । वर्तमान व्यवस्थाकै आधारमा निर्वाचन भए पछि पनि द्वन्द्व कायम रहने भन्दै अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनको माग सम्बोधन नभए सम्म निर्वाचनको औचित्य पुष्टि नहुने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन जनताको माग भएको जिकिर गरे ।