भदौ २३ र २४ गतेको घटनाबारे पूर्वगृहमन्त्री लेखक बयान दिन भोली आयोगमा उपस्थित हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिनका लागि गठित आयोगमा पूर्वगृहमन्त्री रमेश लेखक भोली बयान दिन उपस्थित हुँदैछन्।
आयोगको कार्यालयमा बिहान ११ बजे उनी बयान दिन जाने उनको सचिवालयले जनाएको छ। यसअघि आयोगले पुस ८ गते नै बयानका लागि बोलाए पनि विभिन्न कारणले सो दिन उपस्थित हुन सकेका थिएनन्।
अब भने उनी स्वयम् आयोगसमक्ष उपस्थित भई घटनाबारे आफ्नो धारणा राख्ने तयारीमा छन्। बयानपछि लेखकले दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सो अवसरमा उनले आयोगमा दिएको बयान, घटनाक्रमको पृष्ठभूमि र पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने बताएएको छ । भदौ २३ र २४ का घटनालाई लिएर गठित आयोगले हालसम्म विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरिसकेको छ।
यसक्रममा पूर्वगृहमन्त्री लेखकको बयानलाई विशेष चासोका साथ हेरिएको छ ।













