नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक सूचीमा नयाँ अनुहार ल्याउने निर्णय
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि समानुपातिक सूचीमा नयाँ अनुहार ल्याउने निर्णय गरेको छ।
पार्टीको शीर्ष नेतृत्व, जसमा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधव नेपाल पनि समावेश छन् । पार्टीका नेताहरूका अनुसार, यसपटक प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि समानुपातिक प्रणालीबाट उम्मेदवार चयन गर्दा यसअघि प्रत्यक्ष वा समानुपातिक बाट निर्वाचित भएका कुनै पनि सांसदलाई सूचीमा समावेश गरिने छैन।
नेकपा नेताले भने, "यो मापदण्डले अब सूची तयार गर्न सहज हुनेछ र हामी नयाँ अनुहारलाई प्राथमिकता दिन सक्नेछौं।" यस निर्णयसँगै, नेकपा आगामी चुनावमा विभिन्न क्षेत्र र समुदायका प्रतिनिधिहरूलाई समानुपातिक सूचीमा समावेश गर्ने तयारीमा छ।
पार्टीको ०७९ सालको निर्वाचन परिणाममा, माओवादी केन्द्रबाट समानुपातिक प्रणालीबाट १४ जनाले जित हासिल गरेका थिए। त्यस्तै, एमालेले ३४, नेपाली कांग्रेसले ३२, रास्वपाले ८ र राप्रपाले ७ सिट जितेका थिए।












