पूर्व गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन पुगे

User Image Prime TV News २ महिना अगाडि
Image of पूर्व गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन पुगे

काठमाडौ । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ७६ जनाको ज्यान गएको सन्दर्भमा पूर्व गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन पुगेका छन्।

सिंहदरबारस्थित आयोगको कार्यालयमा लेखकलाई बयान दिन बोलाइएको थियो । यसअघि, गत सातामा आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको थियो। जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए ।

लेखकको बयानसँगै आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिनको लागि तयारी गरेको छ। आयोगका सदस्यहरूले घटनाका सबै पक्षलाई निष्पक्ष तरिकाले छानबिन गर्ने आश्वासन दिएका छन् र बयान सङ्कलन गरेर सही निष्कर्षमा पुग्ने बताइएको छ।

जेनजी आन्दोलनको घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरू र अन्य नागरिक अधिकारकर्मीहरूले घटनाको न्यायिक अनुसन्धानको माग गरेका छन् ।